Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमाले महाधिवेशनको लोगो र नारा सार्वजनिक: गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा

    एमाले महाधिवेशनको लोगो र नारा सार्वजनिक: गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् ।



    ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।



    एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ ।

    देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार