Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बिचौलियाको आडमा चोलेन्द्रले आन्दोलनमा हस्तक्षेप गरे: बार अध्यक्ष श्रेष्ठ

    बिचौलियाको आडमा चोलेन्द्रले आन्दोलनमा हस्तक्षेप गरे: बार अध्यक्ष श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिचौलियाहरुको बलमा आफूहरुको आन्दोलनमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

    शुक्रबारको धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन्।



    अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यावसायीहरूको गेट बन्द गरेकोमा आपत्ति जनाउँदै भने, ‘आज सर्वोच्च अदालत प्रशासनले सडकमा जाने बाध्यता बनायो, आइतबार यो अवस्था नआओस् । ‘



    कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा बारको आह्वानमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा अर्कै गेटबाट अदालत प्रवेश गरेका थिए ।

    यस्तै अध्यक्ष श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्च प्रांगणमा आफूहरू छिर्ने, नपाए मुख्य गेटमा धर्ना जारी राख्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार