Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

    वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.9K
    SHARES

    जनकपुरधाम । धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणकाे परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।

    कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।



    इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले १४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको जानकारी दिए ।



    उनका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाअध्यक्षकै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार