Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन सक्दैनन्: प्रचण्ड (भिडियो)

    एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन सक्दैनन्: प्रचण्ड (भिडियो)

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटै समयमा थुप्रै प्रचण्डहरु जन्मन नसक्ने बताएका छन् ।

    शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको बताए ।



    ‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियान र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ प्रचण्डले भने ।



    ‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको हो, उनले थपे, ‘तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार