Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • समाचारप्रति उपसचिव लिलाराज पौडेलको आपत्ति

    समाचारप्रति उपसचिव लिलाराज पौडेलको आपत्ति

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गत चैत ६ गते अनलाइन नेपाल डटकममा ‘बास्कोटाको अवतारको रुपमा देखिए स्वास्थ्य मन्त्री’ शिर्षकमा प्रकाशित समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव लिलाराज पौडेलले आपत्ति जनाएका छन् ।

    उपसचिव पौडेलले खण्डन प्रकाशित गरिदिन प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिएर अनलाईन नेपाललाई इमेल गरेका हुन् । उनले पठाएको खण्डनमा भनिएको छ‘नाम माननीय स्वास्थ्यमन्त्री र मेडिकलको सामान सप्लाइ गर्ने व्यापारी विशाल पण्डितसँग मेरो जोडर हुँदै नभएको तथ्यहीन सामाग्री प्रकाशित गरेर मन्त्री र मेरो चरित्रहत्या गर्ने नियतबाट एकपक्षीय रुपमा समाचार प्रकाशन गरिएको हुँदा यो समाचार सरासर पूर्वाग्रहीपूर्ण, सन्तुलनरहित, विल्कुलै मेरो चरित्रहत्या गर्ने नियतले प्रकाशन भएको हुँदा म यस समाचारको खण्डन गर्दछु ।’ खण्डनमा उनले तीनवटा बुँदा प्रकाशित गरेका छन् ।



    उपसचिव पौडेलले खण्डनमा भनेका छन्–‘म एक कर्मचारी हुँ, सरकारले जहाँ खटायो त्यही आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गरिरहेको छु । म अहिलेको मन्त्रीज्यू आउँदामात्र यस मन्त्रालयमा हैन, विगत लामो समयदेखि यही कार्यरत छु । यस नाताले मसँग स्वास्थ्य क्षेत्रको अनुभव छ । यस समाचारमा अत्यन्तै पक्षपातपूर्ण ढंगबाट मन्त्रीज्यूले स्वास्थय शिक्षा तथा सूचना केन्द्रको निर्देशक सुनिल शर्मासँग मन्त्रीजूले ममार्फत आर्थिक लाभ लिएर शर्मालाई थमौती गरेको भन्ने विषय उठाएको अमूर्त स्रोतको हवला दिंदै समाचार लेख्नु भएको छ, यसमा कुनै सत्यता छैन ।’
    त्यसैगरी पौडेलले खण्डनको बुँदा नम्बर २ मा भनेका छन्–‘उपकरण खरिद तथा मर्मतको स्पेक व्यापारी विशाल पण्डितले बनाउने गरेको र उनीसँग मेरो बाक्लै उठबस छ भनी लेखिएकोमा मेरो आपत्ति छ । उपकरण खरिद, मर्मत सम्भारका विषय, के आवश्यक उपकरण चहिन्छ ? के कस्तो उपकरण खरिद गर्ने भन्ने विषय मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दैन, स्वास्थ्य सेवा विभाग मार्फत प्राविधिक शाखाले हेर्छ, खरिदको आफ्नै प्रकृया छन्, खरिद शाखा नै छ, स्पके बनाउने खरिद ऐन, नियमावलीबमोजिम सोको जिम्मेवारी पाएको निकायले नै गर्छन, यसमा म पीएको कुनै संलग्नता नै हुँदैन, मेरो त विल्कुलै मन्त्रीज्यूको कार्यक्रम व्यवस्थापन एवम् मन्त्रीज्यूको दैनिक कार्य सहजीकरण मात्र हो । मैले यस्ता कुरा हेर्न मिल्दै मिल्दैन । रह्यो विशाल पण्डितसँग मेरो उठबस भन्ने कुरा विल्कुल निराधार कुरा हो ।’
    ‘केन्द्रको जनचेतनाको करोडौं बजेटमा ७५ प्रतिशत भ्रष्टाचार गर्न पल्कीएका जोशीले मन्त्री ढकालका पीए पौडेलमार्फत आर्थिक चलखेल गरी थमौती भएका हुन् भन्ने सूचना पनि सत्य देखिदैंन किनकी जोशी त्यही केन्द्रमा कार्यरत हुन थमौती गर्नु जरुरी देखिदैन ।’ पौडेलले पठाएको खण्डनको ३ नम्बर बुँदामा उल्लेख छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार