Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भरुवा बन्दुकसहित एक महिला पक्राउ

    भरुवा बन्दुकसहित एक महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.6K
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले भरुवा बन्दुकसहित महिलालाई पक्राउ गरेको छ। उक्त अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट गिरीलाइ प्रहरीले पक्राउ गरेकाे हाे।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक अनिष भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए। गिरीका श्रीमान चन्द्रराज भने भाग्न सफल भएका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार