Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : खनाल

    पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : खनाल

    रासस
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    विदुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।

    नुवाकोटको विदुरमा शनिबार पत्रकारहरूसँग नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताए।



    पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको विषयमा सोधिएको प्रश्नमा खनालले भने, ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन।’



    पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत उनले बताए।उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए। ‘पार्टी एक ढिक्का भएर अघि बढ्छ। पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’ उनले भने।

    एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने भन्दै उनले सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार