Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नयाँ दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

    नयाँ दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुखहरु सहभागी भएका छन्।

    अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो ।



    बैठकमा चीन र पाकिस्तान भने सहभागी भएका छैनन् । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागीता नजनाउने यसअघि नै बताएको थियो।



    बैठकमा अफगानिस्तानमा तालिवानको कब्जाबाट उत्पन्न हुने चुनौती, सीमाभित्र र बाहिरका आतंकवाद, कट्टरपन्थी तथा चरमपन्थ, सीमापार आन्दोलन, लागूऔषध उत्पादन र ओसारपसार लगायतका क्षेत्रीय सुरक्षा संरचनामाथि छलफल हुने बताइएको छ।

    अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ ।

    भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार