Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मन्त्री पुनद्वारा लकडाउनको उल्लंघन,आफ्नो क्षेत्रका मात्रै पीडित किन देखे ?

    मन्त्री पुनद्वारा लकडाउनको उल्लंघन,आफ्नो क्षेत्रका मात्रै पीडित किन देखे ?

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम नियन्त्रण गर्न सरकारले मुलुकमा लकडाउनको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुको आउजाउमा कडाई गर्ने वताइसकेका छन् ।

    सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन २५ जना भन्दा धेरै मानिस भेला हुन नपाउने निर्णय गरेको छ। प्रधानमन्त्रीले घोषणा गरेको लकडाउन नै मन्त्रीले नै उल्लंघन गरेपछि त्यसको कुनै अर्थ रहेन ।



    ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले आइतबार रोल्पासहितका जिल्लाका मजदुरहरूलाई मात्रै बसको व्यवस्था गरेर उद्धार गर्ने नाममा लकडाउन  उल्लंघन गरेका हुन ।



    मन्त्री पुनले आइतबार साँझ भक्तपुर र ललितपुरमा अलपत्र परेका कामदारका परिवारलाई बसको व्यवस्था गरेर घर पठाएका थिए । लकडाउनको २७ औं दिनमा सरकारी मन्त्रीको रोहवरमा गाडी चढेर गाउँ फर्कन पाएपछि जनताको खुशीको सीमा नै नरहेको समाचार चर्चामा रह्यो ।

    मन्त्री पुनले समस्यामा परेका मजदुर र उनीहरूको परिवारकालाई उद्धार गरेको विषयमा भन्दा पनि उनीहरू जस्तै समस्यामा परेका अरुको किन उद्धार भएन भनेर नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले नै सामाजिक सन्जालमा प्रश्न उठाएका छन्।

    लकडाउनका कारण समस्यामा परेका जनतालाई खानपान र व्यवस्थापनको कुरा चर्को रुपमा उठ्दा चुपचाप ललितपुरको मन्त्री क्वाटरमा बसेका मन्त्री पुनले अचानक आइतबार साँझ आफ्नो क्षेत्रका जनताले दुःख पाएको समाचार पहिलो पटक देखेछन्  ।  घरबाटै बाहिर ननिस्कनका लागि गरिएको लकडाउनमा मन्त्री पुनले ३ सय मानिस भेला गरी रोल्पा पठाएका छन् ।

    मन्त्री पुनले आफूले रोल्पा, दाङ र सल्यानका जनतालाई उद्धार आफै झरीमा भिजेर उद्धार गरेको समाचार उनीनिकट अनलाइनमा आएका छन् । मन्त्रीका लागि यी मात्रै जनता हुन् भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

    मन्त्री पुनले ती सर्वसाधारणलाई बसमा राखेर घर पठाएर सरकारले गरेको निर्णय उल्लंघन गरेका छन् । लकडाउनका बेला जो नागरिक जहाँ छ, त्यही बस्नुपर्ने भनेर मन्त्रिपरषदले निर्णय गरेको छ । आफैले गरेको निर्णयलाई उल्लंघन गरेर मन्त्री पुनले बसको व्यवस्था गरेर घर पठाएका छन् ।

    मन्त्री पुनले समस्यमा परेका ती मजदुरहरूलाई जहाँ भेटेका थिए, त्यहीँ खानपान र बासको व्यवस्था गरेर राख्नुपर्ने थियो । तर, उनले त्यसो गरेनन् । सस्तो लोकप्रियताका लागि मन्त्री जस्तो व्यक्तिले आफैले गरेको निर्णय उल्लंघन गरे ।

    प्रधानमन्त्री ओलीले नै लकडाउनका कारण समस्यामा परेका जनतालाई जहाँ बसेका छन्, त्यहीँ उचित व्यवस्था गर्ने वा बैकल्पिक व्यवस्था गर्ने भनेर पटक–पटक निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले नै जनताको जिम्मेवारी लिएका बेला मन्त्री पुनले भोटको राजनीति गरेको भन्दै आलोचना पनि भएको छ ।

    मन्त्री पुनले ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको मन्त्री पुनले जानकारी दिएको उनको निजी सचिवालयद्वारा समाचार र तस्वीरमा उल्लेख छ । मन्त्री पुनले ९ वटा बसेको खर्च आफूले व्यक्तिगत रुपमा दिएका छन् वा सरकारले व्यहोरेको छ ? केही खुलाइएको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार