काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजिनामा दिन तयार भएका छन्। प्रधानन्यायाधीश जबरा निकट स्रोतका अनुसार राणाले राजिनामाका लागि आफ्नो सर्तहरु अघि सारेका छन् ।
जसअन्तर्गत उनले न्यायालयमा व्यापक सुधारका लागि आफ्नो सर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । जबराले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा राजनीतिक भागवण्डाका आधारमा नियुक्त न्यायाधीशहरुले पनि सामूहिक राजीनामा दिनुपर्ने सर्तसहितको प्रस्ताव अघि सारेको सारेको स्रोतको दाबी छ।
यस्तै, उनले आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्तहरु समेत अघि सारेका छन्।
स्रोतका अनुसार जबराले आफ्नो प्रस्ताव मान्न सबै न्यायाधीश तयार भएमात्र आफूले मार्ग प्रशस्त गरे स्पष्ट पारेको बुझिएको छ । अन्यथा कुनै हालतमा राजीनामा नदिने उनको अडान रहेको छ।
तर, हिजो कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको पत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले अदालत प्रशासन चलाउने काम आफ्नो भएको दाबी गर्दै संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्दता जनाएका थिए।
Leave a Reply