Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति भण्डारीद्वारा खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई  प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८-७-२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सगर आचार्यले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार