Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मोतिपुर घटना: मृतकका परिवारलाई ५ लाख ५० हजार दिने सरकारको निर्णय

    मोतिपुर घटना: मृतकका परिवारलाई ५ लाख ५० हजार दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौ । सरकारले रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको छ।

    गृह मन्त्रालयका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय गरेको हो।



    गत असोज २४ गते निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासन र सुरक्षाकर्मीबीच झडप भएको थियो।



    झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।

    यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार