काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको दाबी गरेको छन्।
मंगलबार नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको संकट र निकास विषयको छलफल कार्यक्रममा बोल्दै अधिवक्ता थापाले प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचारीको आरोप समेत लगाए ।
आयोजित कार्यक्रममा जबरामाथि खनिएका थापाले अहिलेको प्रधानन्यायाधीश भुत न भविष्यको भएको बताए। थापाले हरिकृष्ण कार्कीको प्रतिवेदनबाट खुलस्त हुने पनि बताए।
‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो, उनले भने, ‘हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ती छ भन्नुस्, होइन भने बोल्नुस् ।’
यस्तै उनले नेपाल बार एशोसिएशनका अध्यक्षले भनेको स्मरण गर्दै थपे, बार अध्यक्षले नै भन्नु भयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर । त्यहाँ त करोड घटीको कुरै हुँदैन । अरब-अरबको कुरा छ ।’
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसनले उनको राजिनामा माग्दै आन्दोलन गर्दै आएको छ।
Leave a Reply