Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • अवैध तबरले युरोप छिर्न खोज्ने हजारौं एसियालीहरु पोल्याण्डको सीमामा अलपत्र

    अवैध तबरले युरोप छिर्न खोज्ने हजारौं एसियालीहरु पोल्याण्डको सीमामा अलपत्र

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोजेका कयौँ आप्रवासीलाई रोकेको जनाउँदै हजारौँ अझै त्यसतर्फ आइरहेको बताएको छ।

    भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ।



    पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ। पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई ‘शत्रुतापूर्ण कार्य’ भनेको छ।



    को हुन् ती आप्रवासी ?

    पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्।

    ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासीहरू हुन्।

    युरोपेली सङ्घले बेलारुसका तानाशाही राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध आप्रवासीको त्यस्तो लहरलाई सहजिकरण गरेको आरोप लगाएको छ।

    आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको छ। मङ्गलवार बिहानैबाट बेलारुसतर्फकै एउटा सीमा नाका कुज्निका बन्द गरिने पोलिस बोर्डर गार्डले जनाएको छ। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार