Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेपाल भ्रमण वर्षको प्रचार स्थगित

    नेपाल भ्रमण वर्षको प्रचार स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको बताएका छन् ।

    शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले विश्वभर फैलिएको कोरोना भाइरसका कारण यो नेपाल सरकारले यो निर्णय लिएको बताए ।



    चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेको अहिलेको अवस्थामा केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको मन्त्री भट्टराईले बताए ।



    मन्त्री भट्टराईले भने–‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार