Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • औषधि व्यवस्था विभागको पुनःसंरचना गर्नुपर्छ : मन्त्री खतिवडा

    औषधि व्यवस्था विभागको पुनःसंरचना गर्नुपर्छ : मन्त्री खतिवडा

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताएका छन् ।

    विभागले आज आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताए । उनले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत बताए ।



    उनले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राखे । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताए ।



    कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताए । उनले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिए ।

    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताए । उनका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार