Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानन्यायाधीश विवाद: न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने

    प्रधानन्यायाधीश विवाद: न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलनरत न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने भएका छन् ।

    प्रधानन्यायाधीश जबराले राजिनामा दिनुपर्ने मागसहित मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी नभएका न्यायाधीशबीच बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने सहमति भएको हो।



    प्रधानन्यायाधीश जबराले सोमबार आफू समेतको इजलास तोकेका थिए । न्यायाधीशहरुको उक्त इजलास प्रति पनि असन्तुष्टि जनाएका थिए ।



    यसअघि आन्दोलनरत न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले आफूलाई इजलास नतोक्ने सहमति जनाएका थिए । तर, प्रधानन्यायाधीशले सोमबार आफू सम्मिलित इजलास तोकेपछि न्यायाधीशहरुले असन्तुष्टि जनाएका हुन् ।

    यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । तर जबराले अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।

    पछिल्लो समय प्रधानन्यायाधीश जबरामाथिसत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा  चौतर्फी आलोचना भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार