Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सदनलाई व्यवस्थित रुपमा चलाउन एमालेलाई गृहमन्त्री खाँणको आग्रह

    सदनलाई व्यवस्थित रुपमा चलाउन एमालेलाई गृहमन्त्री खाँणको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 972
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकार न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्नेमा रहेको बताएका छन्।

    सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका मन्त्री खाँणले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा यस्तो बताएका हुन्।



    उनले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको प्रष्ट्याए।



    यस्तै, उनले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेलाई अवरुद्ध सदन सूचारु गराउन आग्रह गरे ।

    ‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं । किनकी नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं’, उनले भने, ‘एमालेलाई तपाईँहरुमार्फत् आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रुपमा चलाऔं।’

    आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै उनले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको बताए ।

    न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार