Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उदयपुरमा बसेका कोरोना संक्रमित ११ जना भारतीय कहाँ–कहाँ घुमे ?

    उदयपुरमा बसेका कोरोना संक्रमित ११ जना भारतीय कहाँ–कहाँ घुमे ?

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ । विराटनगरमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमित भारतीय नागरिक नेपाल प्रवेश गरेपछि ११ वटा मस्जिदमा बसेको पाइएको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा मंसिर २५ गते बुधबार जोगबनी नाका हुँदै नेपाल भित्रिएका उनीहरु त्यसदिन रानीस्थित मस्जिदमा बसेका थिए। १५ गतेसम्म रानीमै बसेका उनीहरु त्यसपछि मोरङको सिधिया खोला/भलुवाईस्थित मस्जिद गए। त्यहाँ ७ दिन बसेर उनीहरु सुनसरीको दुहबीस्थित मस्जिदमा ३ दिन बसे।

    त्यहाँबाट छितहास्थित मस्जिदमा २० दिन बसेपछि सुनसरीकै भोक्राहा गए र त्यहाँ उनीहरु ७ दिन बसेर भाण्टाबारीस्थित मस्जिद पुगे। ८ दिन त्यही बसेका उनीहरु त्यहाँबाट सप्तरीको बरमझियामा ७ दिन बसेको प्रहरीले स्रोतले बतायो। त्यहाँबाट सप्तरीकै वसन्‍तपुरस्थित चर्खिया मस्जिदमा १० दिन बसेर फत्तेपुरतर्फ पुगेका थिए। फत्तेपुरमा उनीहरु ३ दिन बसेको भेटिएको छ।



    त्यहाँबाट फागुन २५ गते उदयपुरतर्फ लागेका उनीहरु सिवाहीमा १ साता र त्यसपछि भुल्केमा ३५ दिन बसेको भेटिएको छ। संक्रमित भारतीयहरु दिल्ली र उत्तरप्रदेशका बासिन्दा रहेको अनुसन्धानबाट खलेको छ। ११ वटा मस्जिदमा बस्दा उनीहरुले थुप्रै मानिससँग घुलमिल गरेको भन्दै मस्जिदमा रहेका सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको सुरक्षा स्रोतले बतायो।



    कोरोना संक्रमित ११ भारतीय र २ नेपालीको कोसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई उदयपुरको भुल्केस्थित मस्जिदबाट शुक्रबार नियन्त्रणमा लिएर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार