Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जनकपुरमा यसरी फैलियो नोट छरेर भागेको अफवाह

    जनकपुरमा यसरी फैलियो नोट छरेर भागेको अफवाह

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.4K
    SHARES

    जनकपुरधाम। जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको आरोपमा पक्राउ परेका दुवै महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जानकी नगरबाट पक्राउ परेका महिलामध्ये एक जनाको आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि साँझ स्वाव संकलन गरी पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा दुबैमा नेगेटिभ रिपोर्ट देखिएको हो ।

    समाजिक विकास मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत दुबै जनामध्ये एकको रिपोर्ट आरडीटी पोजिटिभ देखिए पनि पिसिआरमा नेगेटिभ आएको पुष्टि गरेको हो । महिलामा आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि जनकपुरमा त्रास फैलिएको थियो । उनीहरु बस्ने जानकी नगर टोललाई शनिबार रातिदेखि नै सेनिटाइज गरिएको थियो ।



    नोट छरेर भागेको अफवाह मात्र ‘प्रहरीलाई देखेर भाग्न खोज्दा पैसा झर्‍यो’
    जनकपुरधाम उपमहानगरपालिका–७ जानकी नगरकी अलिना खातुन र उनकी नन्द अमुना खातुन दुबैजना गृहणी हुन् । शुक्रबार बिहान करिब साढे १० बजे नन्द र भाउजूले मुरलीचोक स्थित सहयोगी विकास बैँकबाट १ लाख रुपैयाँ झिकेको प्रहरीको अनुसन्धानबाट खुल्यो । ‘बैँकबाट झिकेको एक हजार खुद्रा बाट १ सय ६० रुपैयाँ बाटोमै झर्यो । उनीहरुले पैसा झरेको थाहा पाएनन् र सरासर घरतिर हिँडे,’ प्रहरीले भने, ‘गाउँमा पैसा छरेर भागेको खबर फैलिएपछि डरले उनीहरु केही बोलेनन् ।’



    प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भने, ‘बैँकबाट फर्किने क्रममा पैसा झरेको कुरा आएको छ, लकडाउनमा उनीहरु घरबाहिर निस्किएका छैनन्, कतै गएनन् घरमै बसेकाले फरार भएको हल्ला फैलियो ।’ सिसिटीभी फुटेजमा समेत महिलाले कतै नोट छरेको नदेखिएको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए । पक्राउ परेकी अमुना अलिनाकी नन्द भाउजू दुवैलाई परीक्षणपश्चात घर फर्काइएको छ । अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार