काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका–५ थारखोला नजिक भएको बस दुर्घटनाका घाइतेमध्ये ४ जनालाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको छ ।
गम्भीर घाइते तीन जनालाई पनि तत्कालै काठमाडौं ल्याउने तयारी भएको पनि प्रहरीले जनाएको छ । अहिले काठमाडौं ल्याइएका चारमध्ये एक बालक पनि छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् । घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको छ ।
सल्यानको खलंगादेखि दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोला नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १९ घाइते छन् । तीव्र गतिका कारण बस दुर्घटना भएको सल्यान प्रहरीले जनाएको छ। चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
Leave a Reply