Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भाईटिकाको दिन देउसी खेल्न हिँडेका पैदलयात्रुलाई बसले ठक्कर दिंदा दुईको मृत्यु, आठ जना घाइते

    भाईटिकाको दिन देउसी खेल्न हिँडेका पैदलयात्रुलाई बसले ठक्कर दिंदा दुईको मृत्यु, आठ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 1.1K
    SHARES

    हेटौंडा । भाईटिकाको दिन देउसी खेल्न हिडेकाहरुलाई बसले ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । शनिबार राति देउसी खेल्न हिँडेको एक समूहलाई नै बसले ठक्कर दिएको हो ।

    हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको हो ।



    हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।



    प्रहरीका अनुसार घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ ।

    बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । बसमा लागेको आगो निभाउन गएको दमकललाई समेत स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

    लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

    आगजनीबाट बस जलेर पूर्णरूपमा नष्ट भएको छ भने स्थानीयको तोडफोडबाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्षति पुगेको छ । ठक्कर दिने बस चालक फरार भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार