Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कालाेबजारी प्रकरण: अग्रवालकाे अनुसन्धान प्रतिवेदन प्रहरी परिसरमै फिर्ता

    कालाेबजारी प्रकरण: अग्रवालकाे अनुसन्धान प्रतिवेदन प्रहरी परिसरमै फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ । सरकारी वकिलको कार्यालयले कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरिदिएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । तर, थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिलले परिसरमै प्रतिवेदन फिर्ता गरिदिएको हो ।

    प्रतिवेदन फिर्ता गरेसँगै आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अग्रवालविरुद्धको कसुरमा थप अनुसन्धान गर्न १० दिनको समय दिएको छ । परिसर कठमाडौंले अनुसन्धान नसकिएपछि म्याद थपका लागि आइतबार प्रशासनसग अनुमति मागेको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अनुसन्धानका लागि प्रहरीलाई थप १० दिनको समय दिइएको बताए ।



    यसअघि २ पटक म्याद लिएर उनीमाथि अनुसन्धान भएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । अग्रवाल कूटनीतिक सुविधाबापत पाएको गाडीमा राखेर थर्मल गन महंगो मूल्यमा बिक्री गर्दागर्दै पक्राउ परेपछि सरकारले अन्य अवैतनिक दूतको कूटनीतिक सबारी सुविधासमेत खोसेको थियो ।



    प्रहरीका अनुसार कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । सेटिङ मिलाएर अग्रवालले चीनबाट थर्मलगनलगायतका स्वासथ्य सामग्री भित्र्याएका थिए । नेपाल ल्याएपछि ती सामान गुपचुप महंगोमा बिक्री गरेको सूचना पाएपछि प्रहरी नै ग्राहक बनेर अग्रवाललाई फन्दामा पारेको थियो । ३ हजार पर्ने थर्मल गन अग्रवालले २० हजार रुपैयाँसम्म लिएर बिक्री गरेको आरोप छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार