Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना भाइरसका चार बिरामी डिस्चार्ज

    कोरोना भाइरसका चार बिरामी डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का बिरामी आइतबारसम्म चारजना डिस्चार्ज भएका छन्।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो।



    यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया महिला डिस्चार्ज भएका थिए। यसअघि नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार