Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चितवनका काेराेना संक्रमित चढेको माइक्रो खोज्दै प्रहरी

    चितवनका काेराेना संक्रमित चढेको माइक्रो खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.4K
    SHARES

    चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका संक्रमित नजिकका आफन्तको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा संक्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

    नेपाल आएर दुई दिन काठमाडौँको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भइरहेको छ । उनीहरु चढेर आएको माइक्रोबस पनि ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । संक्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।



    उनीहरुको सम्पर्कमा आएका दुई सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै सो जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका–८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिए ।



    संक्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ ।

    यसैबीच संक्रमित देखिएका राप्ती नगरपालिकाको वडा नं ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । संक्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार