Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • टी–२० विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

    टी–२० विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

    बिहीबार भएको खेलमा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले ५४ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ८१ रनको उत्कृष्ट अविजित पारी खेले । निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्का सहित ४६ रन बनाए ।



    श्रीलंका स्पिनर वान्दिुन हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्ने ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । बिनुरा फर्नान्डो २, दुश्मन्था चामिरा र दासुन शनकाले १–१ विकेट लिए ।



    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । ओपनर पाथुम निसांकाले ४१ बलमा ५ चौका सहित ५१ रन बनाए ।

    कप्तान दासुन शनकाले १४ बलमा २ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए ।

    वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो । तेस्रो खेलमा बंगलादेशलाई ३ रनले हराए पनि चौथो खेलमा जित निकाल्न सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार