Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी बिना जनताले सुख नपाउने प्रचण्डको दाबी (भिडियो)

    माओवादी बिना जनताले सुख नपाउने प्रचण्डको दाबी (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी बन्ने र नेतृत्व लिने ठाउँमा पुग्ने दाबी गरेका छन् ।

    बिहीबार बिहान नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वकाे उपलक्ष्यमा नेवा:मुक्ति माेर्चा केन्द्रीय समितिद्वारा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले देशभर माओवादीका संगठनले गति दिन थालेको दाबी गर्दै भने, ‘जनतामा उभार आउन थालेको छ, प्रतिक्रियावादी भित्रभित्र आत्तिन थालेका छन्, नयाँ संकल्प र एकतासहित अगाडि बढ्छौं, आगामी चुनावमा देशको नेतृत्व लिने ठाउँमा पुग्छौं’, प्रचण्डले भने।



    यस्तै, कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको बताए । उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ।

    हेर्नुहोस भिडियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार