Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कैलालीका कोरोना संक्रमित युवक आज डिस्चार्ज हुँदै

    कैलालीका कोरोना संक्रमित युवक आज डिस्चार्ज हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.7K
    SHARES

    कैलाली। लम्कीचुहा नगरपालिकाका कोरोना भाइरस संक्रमित युवक आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । १९ वर्षीय युवकमा कोरोना भाइरसको सक्रण देखिएपछि सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचारपछि तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएकाेले आज अस्पतालले डिस्चार्ज गर्दैछ।

    ती युवाले भने ‘मलाई डाक्टर जगदिश जोशीज्युले मलाई फोन गरेर बधाइ दिनु भयो । आज नै घर पठाउछु भन्नु भयो । मलाई धेरै खुशी लागेको छ । आज घर जान्छु । सबैलाई देख्न त पाउछु आजबाट ।’



    उनी भारतको मुम्बइबाट धनगढी आएका हुन् । १० गते नेपाल भारत सीमामा पुगे पनि एक दिन त्यहीँ बस्नु परेको थियो । घर आएर क्वारेन्टाइन बसेका ती युवामा कोरोना भाइरस देखिपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।



    उनलाई अस्पताल २१ गते भर्ना गरेको थियो । त्योभन्दा पहिला उनी १२ गतेदेखि प्रतापपुरको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब १९ गते परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार