Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पैसा फालेर भाग्ने महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

    पैसा फालेर भाग्ने महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.6K
    SHARES

    जनकपुरधाम। जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ।

    कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जनाएकाे छ।



    श्रोतले भन्यो, ‘,आरडिटीमा पोजिटिभ देखिएको पीसीआरमा नेगेटिभ हुनु कुनै नालौ कुरा होइन। आरडिटी प्रविधि संभावनालाई परिपक्‍क बनाउँदैन तर पनि कतिपय केसमा आरडिटीले परीक्षणपछि अन्यमा सर्न नदिन सुरक्षा सर्तकताका लागि गरिन्छ, तथापि पिसिआर रिपोर्टलाई हामी अन्तिम परिणामको रुपमा अघि सार्छौ।’



    जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो । तर आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

    विशेषतः जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी दुई महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताए । उनले भने, ‘आरडिटी प्रारम्भिक जाँच हो, यसमा हामी भर पर्दैर्नौ तर सावधानीका लागि यो भरपर्दो हो, तैपनि पीसी आर रिपोर्ट आएपछि मात्र हामी कोरोना संक्रमित पुष्टि गर्छौं।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार