काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ५७७ पीसीआर परीक्षणमा ३९५ जना र ३ हजार ३३६ एन्टिजेन परीक्षणमा ५२ जना गरी ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ४३९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
Leave a Reply