Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानन्यायाधीश राणाले राजनीतिज्ञले जस्तो ‘पावर पोलिटिक्स’ गरे: टीकाराम भट्टराई

    प्रधानन्यायाधीश राणाले राजनीतिज्ञले जस्तो ‘पावर पोलिटिक्स’ गरे: टीकाराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजनीतिज्ञले जस्तो ‘पावर पोलिटिक्स’ गरेको आरोप लगाएका छन्।

    प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा गरेको चौथो दिनपछिको धर्ना कार्यक्रमपछि उपाध्यक्ष भट्टराईले यस्तो आरोप लगाएका हुन्।



    पूर्वउपाध्यक्ष भट्टराईले प्रधानन्यायाधीश राणाको राजीनामा मागिनुको १२ कारण समेत सार्वजनिक गर्दै न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन नसकेको आरप लगाए ,



    ‘सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो, उनले भने, ‘चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो ।

    यस्तो छ पूर्वउपाध्यक्ष भट्टराईले सार्वजनिक गरेको प्रधानन्यायाधीश राणाको राजीनामा मागिनुका कारणहरु :-

    १. न्यायमा अवरोध सिर्जना ।
    २. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
    ३. न्यायिक विचलनलाई प्रोत्साहन ।
    ४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
    ५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
    ६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
    ७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
    ८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
    ९. भ्रष्टाचार र बेथिति मौलायो ।
    १०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
    ११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
    १२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार