काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताएका छन् ।
नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै उनले नेपालमा आयआर्जनको स्रोत मनग्य रहेको पनि बताए ।
बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने–‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरीब भएका छौं । विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी आगो हातमा लिएर उज्यालो खोज्न विदेश हिँड्या छौं ।’
Leave a Reply