Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाबारे भ्रम फैलाउने युवक पक्राउ

    कोरोनाबारे भ्रम फैलाउने युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    विराटनगर । इलाममा कोरोना भाइरसको संक्रमणबारे गलत हल्ला फैलाएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाएको भन्दै २४ वर्षीय सन्दीप योङहाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    कोरोना भाइरसको संक्रमणबारे गलत हल्ला फैलाएको आरोपमा इलामको फाकफोकथुम गाउँपालिका-७ का योङहाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ। प्रहरीका अनुसार उनले शनिबार फेसबुकमा इलामको बिब्ल्याँटेमा एकजनामा कोरोना संक्रमण भेटिएको गलत सूचना पोस्ट गरेका थिए । सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले तथ्यहीन र भ्रामक प्रचार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    इलाममा हालसम्म कोरोना संक्रमित कोही भेटिएको छैन । शंकास्पद बिरामीहरुको परीक्षण भइरहेको छ । तर कसैलाई पनि कोरोना पोजिटिभ भएको पुष्टि भएको छैन । कतिपय क्वारेन्टाइनमा बसिरहेका छन् ।
    यस्तो अवस्थामा जनमानसमा गलत हल्ला फैलाएर त्रसित बनाएकाले ती युवकलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार