Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थप एक भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

    थप एक भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हाे ।

    विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए।



    यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीन जना निको भएर घर फर्किएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार