Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ओलीलाई ‘गफाडी नम्बर वान’ भन्दै नेपालले भने–जहाज चढ्न काटेको टिकटको पैसा फिर्ता माग्नुस्

    ओलीलाई ‘गफाडी नम्बर वान’ भन्दै नेपालले भने–जहाज चढ्न काटेको टिकटको पैसा फिर्ता माग्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गफाडीको नम्बर वान भएको बताएका छन् ।

    गृह जिल्ला रौतहट पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मंगलबार चन्द्रनिगाहपुरमा पत्रकार भेटभाट कार्यक्रममा केपी शर्मा ओलीले घर–घरमा ग्यास बाल्दिसकेको र पानी जहाज पनि सञ्चालन गरिसकेको भन्दै गफाडीको संज्ञा दिएका हुन् ।



    कार्यक्रममा उनले भने–‘उनी लास्टै गफाडी हुन् । उनका कुराहरु टिपोट गर्दै जानुस् । ओलीले बोलेका के–के कुराहरु पूरा गरे ? त्यो पनि टिपोट गर्नुहोला । ओलीजी गफाडी नम्बर वान हो । उनले घरघरमा ग्यास बाल्दिसके । पानी जहाज सञ्चालन गरिसके । जहाज चढ्न टिकट काटिसक्नु भयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नुस् ।’



    ओलीले एक साताभित्र सरकार ढाल्ने चेतावनी दिएकोप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने–‘ओलीजी त चन्द्रमा पुगिसक्नु भयो । अब केही बाँकी छैन् ।

    अध्यक्ष नेपालले सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट आएलगत्तै पाँच दलको बैठक बसेर निकाश निकाल्ने बताए ।

    गठबन्धनबीच छलफल हुन नपाएकाले अदालतबारे ठोस निर्णय लिन नसकेको भन्दै उनले भने–‘अदालतको मामलामा कतिसम्म र के गर्ने भन्ने चाँडै टुग्याउँछौँ । सम्मानजनक निकाश दिन्छौँ ।’

    संसदीय चुनावका बेला आफ्ना पक्षका मानिसलाई टिकट दिँदा ओलीले पूर्वाग्रह राख्ने र पत्तासाफ गर्न लागिपरेको बताउँदै उनले भने–‘मलाई त उनले पिँधमै पुर्‍याउन खोजे अब म धुलो चटाइदिन्छु ।’

    अध्यक्ष नेपालले अहिलेको गठबन्धनबीचको सहकार्य आगामी चुनावसम्म कायम रहने दोहोर्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार