Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानन्यायाधीशबारे अधिवक्ता अर्यालले भने- ‘सम्मानपूर्ण बहिर्गमन’ भनेको राजीनामा नै हो

    प्रधानन्यायाधीशबारे अधिवक्ता अर्यालले भने- ‘सम्मानपूर्ण बहिर्गमन’ भनेको राजीनामा नै हो

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा आन्दोलनरत कानून व्यवसायीहरुले आज दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

    यसअघि हिजो र अस्ति (आइतबार र सोमबार) प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चका १९ न्यायाधीशहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।



    यसैबीच अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको ‘सम्मानपूर्ण बहिर्गमन’ भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन् ।मंगलबार बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्।



    प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत नियुक्त नभएको प्रष्ट पार्दै उनले जबराले संवैधानिक रुपमा आएकाले त्यहीअनुसार जान्छु भन्ने अवस्था नरहेको बताए। ‘प्रधानन्यायाधीशमाथिको विश्वास टुटिसकेको छ। यो रोजगारीको हकअन्तर्गत पाएको होइन। संवैधानिक रुपमा आएको र यहि रुपमा जान्छु भन्ने समय होइन।’

    महाभियोग लगाउनु संसदको दायीत्व भएको स्मरण गराउँदै अधिवक्ता अर्यालले राजीनामा नआए महाभियोग लगाउन संसदलाई आग्रह गरेका छन्। उनले भने, ‘सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो। राजीनामा नगरे यो संसदको दायित्व हुन जान्छ। ‘

    प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार