Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानन्यायाधीश विवाद: आन्दोलनरत कानून व्यवसायीहरुको तेस्रो दिन पनि प्रदर्शन

    प्रधानन्यायाधीश विवाद: आन्दोलनरत कानून व्यवसायीहरुको तेस्रो दिन पनि प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा आन्दोलनरत कानून व्यवसायीहरुले आज दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

    यसअघि हिजो र अस्ति (आइतबार र सोमबार) प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चका १९ न्यायाधीशहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।



    पूर्वनिर्धारित कार्यक्रमका अनुसार उनीहरुले साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने बताएका छन्।



    जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्। उनीहरू इजलासमा समेत बसेका छैनन् ।

    प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार