Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • जो बाइडेनको चिन्ता, ‘हामी कसैले पनि खराब अवस्थाबाट आफूलाई बचाउन सक्दैनौं’

    जो बाइडेनको चिन्ता, ‘हामी कसैले पनि खराब अवस्थाबाट आफूलाई बचाउन सक्दैनौं’

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोप१६ मा भनेका छन् “यदि यो अवसरको फाइदा उठाएनौं भने हामीमध्ये कसैले पनि ती खराब परिस्थितिहरूबाट आफूलाई बचाउन सक्ने छैनौं।’’

    बाइडेनले यो धेरै महत्त्वपूर्ण दशक भएको र अमेरिकाले २०३० सम्ममा आफ्नो कार्बन उत्सर्जनमा एक गिगा–टन भन्दा बढी कमी ल्याउने बताएका छन्।



    ‘तर अमेरिकाको सामु ठूलो जिम्मेवारी छ किनभने अहिले विश्वमा चीनले मात्र अमेरिकाले भन्दा बढी कार्बन उत्सर्जन गर्छ,’ उनले भने।



    सन् २०१९ मा अमेरिकाले ५ हजार १०७ मेगाटन कार्बन उत्सर्जन गरेको थियो। ऐतिहासिक रूपमा पनि अमेरिका कार्बन उत्सर्जनका लागि सबैभन्दा बढी जिम्मेवार रहेको छ।

    अवर वर्ल्ड इन डाटाको तथ्याङ्कअनुसार संयुक्त राज्यले १७५० यता ४१० अर्ब टन कार्बन उत्सर्जन गरेको छ, जुन चीनले उत्सर्जन गरेको भन्दा दोब्बर हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार