एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आर्थर रोड जेलबाट बाहिर आइसकेका छन्। उनले जेलमुक्त हुनेबित्तिकै आफ्नो इन्स्टाग्राम प्रोफाइल तस्वीर डिलिट गरेका छन्।
आर्यनको प्रशंसकहरु छक्क परेका छन्। आखिर आर्यनले किन यस्तो गरे ? उनको इन्स्टाग्राममा १९ लाख फलोअर्स छन्। उनी प्रायः आफ्नो इन्स्टाग्राममा सक्रिय रहन्छन्, तर जेलमा रहँदा उनले कुनै पनि पोस्ट गरेका थिएनन्।
जेलबाट बाहिर आएपछि उनले पहिलो पटक आफ्नो प्रोफाइल तस्वीर डिलिट गरे। तर आर्यन अन्य कलाकारका छोराछोरी जस्तो सामाजिक सञ्जाल धेरै चलाउँदैनन्। उनले सन् २०१३ यता इन्स्टाग्राममा २४ पोष्ट मात्रै सेयर गरेका छन्।
आर्यन खान सन् २०१३ मा इन्स्टाग्राममा जोडिएका थिए। ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी करिब एक महिनापछि आफ्नो घर मन्नत फर्किएका थिए। मन्नत बाहिर उनको भव्य स्वागत गरिएको थियो।
आर्यनलाई एनसीबीले अक्टोबर २ मा पक्राउ गरेको थिया उनीसँगै उनका साथी अरबाज मर्चेन्ट र मोडल मुनमुन धामेचा पनि पक्राउ परेका थिए।
Leave a Reply