Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भन्सार छलेर ल्याएको ३ लाखको औषधि बरामद, दुई युवक पक्राउ

    भन्सार छलेर ल्याएको ३ लाखको औषधि बरामद, दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ ।

    लहान नगरपालिका वडा नम्वर १९ स्थित कटहा चोकबाट २–०१–००१ह.०६७३ नम्वरका अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ ।



    चेकजाँच गर्ने क्रममा लाइकोटोन नामको २२५ एम.एल.को १०६२ बोतल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।



    अबैध कारोबारमा संलग्न दुई जनालाई समेत पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सिरहाको बरयारपट्टि गाउँपालिका वडा नम्वर ५ बस्ने १८ वर्षीय राकेश कुमार यादव र टेम्पु चालक सिरहाको लहान नगरपालिका वडा नम्वर १ बस्ने २२ वर्षीय सत्रुधन राम रहेको उनले बताए ।

    ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार