Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधान्यायाधीशलाई राजीनामा दिन वरिष्ठ अधिवक्ता कार्कीको सुझाव

    प्रधान्यायाधीशलाई राजीनामा दिन वरिष्ठ अधिवक्ता कार्कीको सुझाव

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।

    सोमबार नेपाल बार एशोसिएसनको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै वरिष्ठ अधिवक्ता कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताए ।



    कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभाछ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’



    यसैबीच, प्रधानन्यायाधीशको राजीनामा माग्दै ‘हड्ताल’ मा उत्रिएका न्यायाधीशहरू अन्ततः इजलास फर्किएका छन् । कात्तिक ८ देखि आन्दोलनरत् न्यायाधीशहरू आजबाट इजलास प्रवेश गरेका हुन् ।

    सर्वोच्चका १५ जना न्यायाधीशहरू बेन्च बहिष्कार गरेर संवादहिनतामा रहेका थिए । असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग वार्ताका लागि अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मा सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन भएपछि हिजै वार्ता भएको थियो ।

    प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको सन्देश पठाएका कारण वार्ता टोलीले त्यस्तो बहिर्गमनको अर्थ खोजेको बताइएको छ । त्यसको निश्चित गर्न पनि वार्ता टोली तथा असन्तुष्ट न्यायाधीशहरूबीच छलफल भइरहेको छ ।

    प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका थिए । आज बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

    यद्यपी प्रधानन्यायाधीश राणाले आज भने आफूलाई इजलास तोकेका छैनन्। सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको बेला उनले आफूलाई इजलास तोक्दै आएका थिए। तर आज उनले आफूलाई इजलास तोकेनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार