Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानन्यायधीशले भने- सम्मानजनक बर्हिगमन चाहन्छु

    आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानन्यायधीशले भने- सम्मानजनक बर्हिगमन चाहन्छु

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई आफूले सम्मानजनक बर्हिगमन चाहेको बताएका छन् ।

    पछिल्लो समय सर्वोच्चका १९ न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले पदको गरिमा राख्न नसकेको भन्दै राजीनामाको माग गर्दै आएका बेला उनले यस्तो बताएका हुन्।



    आइतबार सर्वोच्चका न्यायाधीशसहित नेपाल बार एसोशिएन र अन्य कानुन व्यवसायी आन्दोलनमा उत्रिएपछि अप्ठ्यारोमा परेका जबराले आफूले सम्मानजनक बर्हिगमन चाहेको बताएको स्रोतको भनाइ छ।



    स्रोतका अनुसार आन्दोलनरत न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेका हुन् । पछिल्लो घटनाक्रमअनुसार आन्दोलनरत सर्वोच्चका न्यायधीशहरुले प्रधानन्यायाधीशसँग छलफल गर्न तीन सदस्यीय टोली गठन गरेको थियो ।

    न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा सम्मिलित टोलीसँग जबराले यस्तो प्रस्ताव राखेको एक न्यायाधीशले बताए ।

    प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार