काठमाडौं । ताजिकिस्तानी अनलाइन प्रयांक स्टार रुस्लान मुरोद्झोंजोटा र उनकी गर्लफ्रेण्डलाई अश्लील हर्कत गरेको आरोपमा जेल सजाय सुनाइएको छ ।
उनीहरुलाई रुसको एक धार्मिक स्थलको अगाडि अश्लील हर्कत गरेको आरोपमा जेलमा हालिएको समाचारमा उल्लेख गरिएको छ ।
प्राप्त समाचारका अनुसर उनीहरुलाई १० महिनाको लागि जेलमा हालिएको छ ।
सामाजिक संजालमा रुस्लान मुरोद्झोंजोडाबाट परिचित रुस्लान बोबियेभले रेड स्क्वायरमा सेन्ट बेसिल चर्चअगाडि अश्लील प्रयांक भिडियो बनाएका थिए । यस क्रममा उनकी गर्लफ्रेण्डले पुलिस ज्याकेट लगाएकी थिइन् ।
उनले विश्वप्रसिद्ध गिर्जाघरको अगाडि रुस्लानकी प्रेमिका अनास्तासिया चिस्तोभाले घुडा टेकेर एक्ट गरेको नाटक गरिरहेकी थिइन् ।
यो मामिलामा मस्कोको टावर्सकोइ जिल्ला अदालतले दुवैलाई इन्स्टाग्राममा माफी माग्नुका बावजुद धार्मिक भावनालाई ठेस पुर्याएको दोषी मानेको छ ।
Leave a Reply