Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना भाइरसकाे संक्रमण थप एक जनामा पुष्टि

    कोरोना भाइरसकाे संक्रमण थप एक जनामा पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौँ। नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

    मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।



    योसँगै संक्रमितको संख्या ३१ पुगेको छ। शुक्रबार एकैदिन १४ जना काेराेना भाइरसका संक्रमित फेला परेका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार