Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

    टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । आइसिसि टी–२० विश्वकप अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका विजयी भएको छ। शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ विकेटले हराएको हो।

    जितका लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले ४६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए।



    डेविड मिलर १३ बलमा २ छक्का सहित २३ रनमा अविजित रहे। कागिसो रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे।



    बलिङमा श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। दुश्मन्था चामिराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा १ सय ४२ रनमा अल आउट भएको थियो। श्रीलंकाका पाथुम निसांकाले ५८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए।

    निसांका बाहेक अन्य कुनैपनि श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। चरिथ असलंकाले १४ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए।

    बलिङमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। ड्वेन प्रिटियोरेसले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार