Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जसपालाई पार्टी एकताको प्रस्ताव गर्दै प्रचण्डले भने–मधेशलाई माओवादीमय बनाऔं

    जसपालाई पार्टी एकताको प्रस्ताव गर्दै प्रचण्डले भने–मधेशलाई माओवादीमय बनाऔं

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् ।

    शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने–‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’



    मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने भन्दै प्रचण्डले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे ।



    कुनै बेला माओवादी केन्द्रका उपाध्यक्ष रहेका तथा १० वर्षे जनयुद्ध सँगै लडेका नेता बाबुुराम भट्टराई पनि अहिले जसपामै छन् । त्यहि भएर पनि प्रचण्डले पार्र्टी एकताका लागि आग्रह गरेका हुन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने–‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

    प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।

    प्रचण्डले अघि भने–‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार