Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • २७ दिनपछि १४ सर्तमा जेलमुक्त हुँदै आर्यन

    २७ दिनपछि १४ सर्तमा जेलमुक्त हुँदै आर्यन

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान आज जेलबाट रिहा हुँदैछन्। मसम्बई क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका आर्यन २७ दिपछि रिहा हुन लागेका हुन्।

    आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अक्टोबर २ मा पक्राउ गरेको थियो। उनीसँगै अन्य सात जना पनि पक्राउ परेका थिए। बिहीबार खानले जमानत पाएका थिए। बम्बे उच्च अदालतले ३ दिनको सुनुवाइपछि शाहरुखको परिवारलाई खुशीको खबर दिएको थियो।



    तर आर्यनलाई शसर्त जेलबाट रिहा गर्न आदेश दिइएको छ। शुक्रबार अदालतले जमानतका लागि १४ सर्त राखेको थियो। उक्त सर्त उल्लंघन भएमा जमानत रद्द हुने भएको छ।



    आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन्। आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान रिहा हुने बताइएको छ।

    यस ड्रग्स प्रकरणमा बलिउड अभिनेत्री अनन्या पाण्डे पनि जोडिएकी थिइन्। पाण्डे र आर्यनबीच गाँजाको विषयमा कुराकानी भएको पाइएको थियो। एनसीबीले पाण्डेसँग पटकपटक सोधपुछ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार