Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • २४ घण्टामा ६ सय २ जनाकाे नमुना परीक्षण

    २४ घण्टामा ६ सय २ जनाकाे नमुना परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडाैँ। पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनाकाे नमूना परीक्षण पीसीआर प्रविधि मार्फत गरिएको छ । आरडीटी विधिबाट पोजेटिभ देखिएका नमुनाको पीसीआर परीक्षण जारी रहेको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी, आरडीटी विधिबाट अहिलेसम्म १९ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ ।



    मन्त्रालयले सबै जिल्लामा र्‍यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरि ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



    नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ जना पुरुष चितवनमा पोजेटिभ देखिएका २ जना (एक महिला र एक पुरुष) को उपचार भइहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार