काठमाडौँ । हाँस्यकलाकार दीपकराज गिरीले अधिवक्ताबीच भएको कुटाकुटको बिषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग प्रकट गरेका छन् ।
शुक्रबार दिउँसो नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको बिषयलाई लिएर कलाकार गिरीले व्यंग हानेका हुन् ।
उनले क़ानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट शब्द पनि थप्ने हो कि ? भन्दै प्रश्न समेत गरेका छन्।
उनले अघि लेखेका छन्, ‘त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो।’
Leave a Reply