काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताहरुबीच मुक्का हानाहान भएको छ ।
शुक्रबार दिउँसो बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको बताइएको छ।
बैठकमा सहभागी अर्का एक अधिबक्ताका अनुसार न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।
उनीहरुबीच व्यक्तिगत विषयमा विवाद भएको ती अधिबक्ताको भनाइ छ। यस बिषयमा थप रिपोर्ट आउन बाँकी छ।
Leave a Reply